Now Showing

poster

Lemlemmā

पानीमा खरानी उमालेर कपडा धोएको सम्झिन सक्नुहुन्छ ? पैतालाको टिका लाएर बाटो लाग्ने गर्नुहुन्छ ? जाँड खानु-अघि जुठो लगाइहाल्नुहुन्छ ? कहिले प्रश्न गर्नु भएको छ, यो सब किन र कहिलेदेखि गर्न थाल्नु भएको होला भनी ? माझ किरातका हामीहरूको संस्कारमा मुन्दुम्, मिथक, र मौखिक-परम्परागत-प्रणालीले अत्यन्तै महत्त्व राख्दछ ।

मुन्दुम्, मिथक, र सुनी आएका मौखिक-परम्परागत-प्रणालीको उपज हो— “उम्लिँदो खरानी र लेम्लेम्मा” । मातृसत्तात्मक समाजमा पितृसत्तात्मक विचारको बिउँले सुस्तरी, अन्ततः कसरी ग्रसित पाऱ्यो; यससँगसँगै रैथानी सौन्दर्यलाई कसरी मास्न, र भाँड्न खोज्यो— प्रतीकात्मक प्रतिप्रश्न गर्दछ यो नाटकले ।

समग्रमा यो नाटक; सामान्य निम्न परिवारमा सुनी आएको मिथक, वास्तविकतामा परिणत भयो भने ? देखेको मिठो निदरी/सपना बीभत्स बन्दै गयो भने ? यिनै कुराहरूको सेरोफेरोमा बाँचिरहेका छन्— यो नाटकका पात्रहरू ।

Feb 21, 2025 Mar 16, 2025

Jun ta Lagyo Taarale

भूमि सानी हुन्छिन् । उसको विश्वासिलो पात्र उसको बाबा हुन्छ जो घरको बाध्यताका कारण उसलाई छोडेर बाबा विदेश जानु हुन्छ । भूमि एक्लि हुन्छिन् । समयसँगै उसको विश्वासिलो पात्र अरु कोहि बन्दै जान्छ र उसलाई फेरि त्यसरी नै छोडेर जान्छन् । ऊ भने सधैं पर्खिरहने र बुझिदिनु पर्ने भएर बसिरहेकी हुन्छिन् । भूमिको विश्वासिलो पात्रहरुसँगको सम्त्रन्ध र विछोडको क्रम नाटकको मूल धागो हो ।

Feb 22, 2025 Mar 2, 2025