Damini Bhir

poster
Location: Mandala, Thapagaun
Time: 1 hr 45mins
Synopsis:
दमिनी भीर राजन मुकारुङद्वारा लेखिएको एक नेपाली भाषाको उपन्यास हो। यस उपन्यासले वि.सं २०६९ को मदन पुरस्कार प्राप्त गरेको थियो ।
नाटक ‘दमिनी भीर’मा सङ्क्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञानबारे गहिरो चित्रण छ । नेपाली समाजको संस्कृति संरचना र सभ्यतालाई मुख्य रुपमा उठान गरिएको छ । नाटक ‘दमिनी भीर’ मा सामाजिक विसङ्गति र विद्रोही चेतना मूल स्वर बनेर आएका छन् । जातीय पहिचानको मुद्दा पनि यसमा सशक्त रुपमा प्रस्तुत छ । राजनीतिक आरोह–अवरोह र आन्दोलनको शिथिलताका कारण उत्पन्न निराशावादी जीवनदृष्टि पनि यसमा मुखरित हुन पुगेको छ । समतामुखी समावेशी चिन्तनको अभिव्यञ्जना पनि पाइन्छ नै । राज्यसँग गरिएका माग र त्यसको परिपूर्तिका लागि गरिएका विभिन्न खाले आन्दोलनले सामाजिक सद्भाव बिथोलिने भय पैदा हुँदा उत्पन्न सन्त्रासपूर्ण परिवेश पनि प्रस्तुत छ ।
आदिकालदेखिको मानिसको मुन्दुमि आस्था र शिशिष्टता यस भित्रका पात्रहरुले बोक्छन् । नेपाली समाजको शैली, बस्तुस्थिति, रहनसहन र उनीहरुको आस्था जस्ताको तस्तै स्थापित गर्न सक्नु यसको विशेषता हो । यहाँभित्रका प्रसङ्ग र पात्र र तीनको मनोविज्ञान हामी नेपाली समाजमा जस्ताको तस्तै भेट्न सक्छौं । तिनीहरुकै कथा, व्यथा र मुद्धा बोकेको ऐतिहासिक दस्तावेज हो । जसलाई हाम्रो समाजले अझै नजिकबाट नियालेर यसलाई बुझ्न जरुरी छ । 
Start Date: September 8, 2023
End Date: September 27, 2023

    No Shows..