Mekhi Danda

poster
Location: Mandala, Thapagaun
Time: 1hrs 45mins
Description:
राणा शासनको प्रशासनिक संरचनाअनुसार ‘गाउँ’ सबैभन्दा तल्लो इकाइको नाम थियो । त्यस्ता इकाइमध्ये हालको
सोलुखुम्बुमा पर्ने ‘राप्छा गाउँ’ एक थियो । सोही गाउँको इतिहासलाई नाटकको मूख्य विषय बनाइएको छ । एक पटक
राणाका मुख्तियारलगायतको मण्डल राप्छा गाउँमा वास बस्न पुग्छन्। नाङपाला नाका हुँदै तिब्बत हिँडेको उक्त मण्डलले
गाउँमा सभाको आयोजना गर्छ । सभामा मुख्तियारले खस–नेपाली भाषामा आफ्नो कुरा राख्छ । डेढ शताब्दीअघिको
त्यस खालिङ गाउँमा खालिङ राई समुदायको मात्रै बसोवास रहेको हुन्छ । त्यसैलेगाउँका मानिसहरु खालिङ राई भाषा
मात्रै बोल्न जान्ने बुझ्ने हुन्छन्। मुख्तियारले सम्बोधन गर्दै गर्दा भाषा नबुझे पनि गाउँलेहरुले ‘मेखी माका सर्खार..
मेखी’ भनि प्रतिक्रिया दिए । जसको अर्थ ‘होनि त सर्खार.. त्यसै हो नि’ भन्ने हुन्छ । गाउँका मान्छेले मेखी भनेको
सुनेपछि मुख्तियारले क्रुद्ध भइ फर्मान जारी गर्छ– ‘के हो यो मेखी भनेको ? आइन्दा हरेक वर्ष मेखी दण्ड तिर्नु ।’
यसरी आफ्नै भाषा बोलेवापत दण्ड तिर्नुपरेपछि गाउँका मानिसहरुलाई ठूलो संकट महसुस भयो । उनिहरुले ‘खस–
नेपाली’ भाषा जान्नैपर्छ भन्ने निर्णय गरे र अर्को जिल्लामा रहेको एक कार्की परिवारलाई गाउँमै जमीन दिई राख्ने सर्तमा
लिएर आए । त्यसरी भाषा सिकाउनका लागि गाउँमा फरक समुदायको मानिसको बसोवास हुन पुग्यो । त्यसपछि गाउँमा
आएको भाषिक, सांस्कृतिक, सामाजिक, आर्थिक उत्तारचढाब र सामाजिक मेलमिलापलाई नाटकमा देखाइएको छ । ‘मेषी
दण्ड’ मुलतः भाषाको जर्नीमा आधारित नाटक हो । 
Start Date: July 20, 2024
End Date: August 11, 2024

    No Shows..